गायिका न्यूटन जोनको निधन

Read Time = 1 min

एजेन्सी । गायिका तथा अभिनेत्री ओलिभिया न्यूटन जोनको निधन भएको छ । लामो समयदेखि बिरामी रहनु भएकी जोनको निधन भएको उहाँका ७३ वर्षीय श्रीमान् जोन इस्टरलिङले सामाजिक सञ्जालमार्फत जानकारी गराउनु भएको छ । न्यूटन ७० को दशककी पप स्टार मध्येकी एक हुनुहुन्छ ।

तीन पटक ग्रामी अवार्ड विजेता जोनको सोमबार दक्षिणी क्यालिफोर्नियाको स्थित आफ्नै घरमा निधन भएको हो । जोन इस्टरलिङले ओलिभियाको आधिकारिक इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट सेयर गरेर आफ्नी श्रीमतीको मृत्युको जानकारी दिनुभएको छ ।

जोनले लेख्नुभएको छ, ‘ओलिभिया न्यूटन-जोनको बिहान दक्षिणी क्यालिफोर्नियामा निधन भयो । यस समयमा उनी आफ्नो परिवार र साथीहरूसँग थिइन् । यस कठिन समयमा परिवारको गोपनीयताको सम्मान गर्न सबैलाई अनुरोध गर्दछौ ।’ ओलिभिया विगत ३० वर्षदेखि स्तन क्यान्सरबाट पीडित रहेको समेत उहाले खुलाउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?