अभिनेत्री एम्बरलाई एडल्ट फिल्मबाट अफर

Read Time = 2 mins
A A- A+

एजेन्सी । हलिउड अभिनेत्री एम्बर हर्ड यतिबेला चर्चामा हुनुहुन्छ । श्रीमान् जोनी डिपसँग अदालती मामलामा पराजित भएपछि चर्चामा आइरहनु भएको हो । श्रीमान जोनीलाई १४ मिलियन डलर मुआब्जाका रूपमा बुझाउन अदालतले आदेश दिएपछि अहिले एम्बर आर्थिक संकटमा हुनुहुन्छ । यिनै अभिनेत्रीलाई अहिले एडल्ट फिल्मबाट अभिनयको अफर आएको छ ।

एक महिला प्रधान इन्टरटेनमेन्टको कम्पनी जेन मोडल्सले एक्स रेटेड फिल्मका लागि एम्बरलाई प्रमुख भूमिकाका अभिनय गर्न प्रस्ताव गरेको छ । पोर्न आरएन वेबसाइटका अध्यक्ष वेरोनिका मेडजेरियाले अभिनेत्रीको वकिल ऐलेन ब्रेडहोफ्टलाई एक पत्र लेखेपछि एडल्ट फिल्ममा अभिनयको प्रस्ताव गरिएको खुलासा भएको हो ।

‘प्रिय ब्रेडहोफ्ट, मेरो नाम वेरोनिका मेडजेरियन हो । म कम्पनीमा अध्यक्षको रूपमा काम गर्छु । एक प्रोडक्सन फर्म र मोडलिङ एजेन्सी, जेन मोडल्स । हर्डलाई एक फिल्ममा काम गर्ने मौका दिनका लागि कैयौं भिडियो प्रोडक्सन फर्मले हामीलाई सम्पर्क गरेका छन्’ पत्रमा लेखिएको छ ।

पत्रमा एम्बरका लागि आठ मिलियन डलर भुक्तान गर्न तयार रहेको बताइएको छ । ‘हाम्रो संगठन हर्डलाई एडल्ट इन्टरटेनमेन्टको एक प्रोडक्सनमा काम गर्नका लागि आठ मिलियन डलर भुक्तान गर्न तयार छ । एम्बर हाम्रो प्रस्तावमा सकारात्मक छिन् भने कृपया मसँग इमेलमा सम्पर्क गर्नुहोला । उनले हामीसँग सर्तसहित काम गर्नुपर्ने हुन्छ । के हर्डलाई यो अवसरप्रति विचार गर्छिन् ?’ पत्रमा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?