एसबिआई बैंक र गेट वे पेमेन्टबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । नेपाल एसबिआई बैंकले गेट वे पेमेन्ट सर्भिससँग अन्तरआबद्धता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित युनिफाइड पेमेन्ट इन्टरफेस नेपालको नेटवर्क नेपालमा विस्तारका लागि सम्झौता गरेको छ । सम्झौतामा नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान अलम तथा गेट वे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले हस्ताक्षर गर्नुभएको छ ।

बैंकिङ प्रणालीमा प्रविधिको उपयोगमार्फत् नेपाललाई विश्व मापदण्डअनुरूपको सेवा प्रवाह गराउने विश्वसनीयतासाथ कम्पनीले अझै सुरक्षित र सजिलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार गर्न मिल्ने युपिआई नेपाल प्रणाली सञ्चालनमा ल्याउन पछिल्लो सहकार्यले महŒवपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?