कमललाई इसेवा मनीको बम्पर पुरस्कार

Read Time = 3 mins

काठमाडौं । वैधानिकरूपमा रेमिट्यान्स पठाऔँ, रेमिटोत्सव मनाऔँ भन्ने नारासाथ डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै सञ्चालन गरेको ‘रेमिटोत्सव’ सम्पन्न भएको छ । वैशाख १ गतदेखि साउन ४ गतेसम्म सञ्चालित योजनाको मुख्य उद्देश्य स्वदेश तथा विदेशबाट हुने अवैधानिक रेमिट्यान्स गतिविधि निरुत्साहित गर्दै वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन र प्रवद्र्धन गरेको थियो । कम्पनीका अनुसार योजनामा १४ हप्तासम्म संसारका दुई सयभन्दा बढी मुलुकबाट इसेवा मनी ट्रान्सफरमार्फत् रेमिट्यान्स कारोबार गर्नेमध्ये हरेक दिन एकजनालाई र योजना अवधिभर कुल ९८ जनालाई प्रत्येक दिन उपहारस्वरूप पाँच हजार रुपैयाँ प्रदान गरिएको थियो ।

त्यस्तै योजनाका क्रममा बम्पर उपहार विजेतालाई ५० हजार पुरस्कार रहेकोमा कतारमा रहेका गोर्खा जिल्लाका कमल कमर भाग्यशाली विजेता बन्न सफल हुनुभएको छ । कमलले कतारको युनिमोनी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरमार्फत् रेमिट्यान्स पठाउनुभएको थियो । सो अवसरमा इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भन्नुभयो, ‘नयाँ वर्षको २०७९ को अवसरमा वैधानिकरूपमा रेमिट्यान्स पठाउने सन्देशमूलक योजना रेमिटोत्सव सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा हामी खुसी छौँ । रेमिट्यान्स देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएकाले यसलाई वैधानिक तवरबाट देश भिœयाउन सकेमा समग्र अर्थतन्त्रमै सकारात्मक प्रभाव पर्नेछ, त्यसैले हामीले योजनामार्फत् रेमिट्यान्स कारोबार गर्दा वैधानिक माध्यमबाट मात्र कारोबार गरौँ भन्ने मूल सन्देश दिएका छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?