मह अभिनित ‘महापुरुष’ मा शिवम्को सहकार्य

Read Time = 4 mins

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेड र षट्कोण आर्ट्सबीच नेपाली कथानक चलचित्र ‘महापुरुष’ का लागि आर्थिक तथा प्रवद्र्धनात्मक क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धताका साथ सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मंगलबार आयोजित हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टतर्फबाट सेल्स एन्ड मार्केटिङका भाइस प्रेसिडेन्ट केपी रिजाल, कन्ट्री हेड निखिल अग्रवाल र डिजिएम मार्केटिङका केशव अर्यालको उपस्थिति रहेको थियो भने षट्कोण आर्टसतर्फबाट निर्देशक प्रदिप भट्टराई, निर्माता रवीद्र सिंह बानियाँ, कलाकार राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्रीलगायतको उपस्थिति थियो ।

आगामी कात्तिक ११ मा रिलिज हुने चलचित्रमा मुख्य कलाकारका रूपमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ललगायत रहनुभएको छ । चलचित्र लेखन तथा निर्देशन प्रदिप भट्टराईले गर्नुभएको छ ।

पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रलाई आर्थिकरूपमा सवल बनाई गुणस्तर विस्तार गर्न विभिन्न ब्रान्डसँग सहकार्य गर्नेक्रम बढ्दै गएको छ । सोही क्रमको निरन्तरतास्वरूप एकआपसको भरोसालाई मजबुत पार्ने उद्देश्यले शिवम्ले मह सञ्चारको अघिल्लो चलचित्र शत्रु गते, दालभात तरकारीलगायतका फिल्ममा समेत सहकार्य गरेको थियो । जसबाट दुवै पक्षलाई एक-आपसको प्रवद्र्धनमा थप टेवा पुग्नुका साथै बजारबाट पनि सकारात्मक प्रतिक्रिया आएको शिवम् सिमेन्टले जनाएको छ । त्यसैको निरन्तरतास्वरूप शिवम् सिमेन्ट र षट्कोण आर्ट्सबीच मह अभिनित महापुरुष चलचित्रमा पनि सहकार्य सम्झौता सम्पन्न भएको बताइएको छ ।

सो अवसरमा षट्कोण आर्ट्सतर्फबाट निर्देशक प्रदिप भट्टराईले शिवम् सिमेन्ट जस्तो अग्रणी ब्रान्डसँग सहकार्य गरी चलचित्र निर्माण एवं प्रवद्र्धनमा थप टेवा पुग्नुका साथै अन्य ब्रान्डलाई समेत सहकार्य गर्न हौसला मिलेको बताउनुभयो । शिवम्ले आफूप्रतिको भरोसा मजबुत पार्दै विभिन्न क्षेत्र शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवं वृक्षरोपण, सरसफाइ, मनोरञ्जन क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ । ओपिसी सिमेन्टमात्र उत्पादन गर्दै आएको शिवमले् सन् २००९ मा हेटाँैडामा स्थापित अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगा प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?