गाउँमै प्रसूति सेवा

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

प्रतिकात्मक तस्बिर

बाँके । जिल्ला जनस्वास्थ्य कार्यालयले दक्ष स्वास्थ्यकर्मीसहित बाँके जिल्लाका वैजापुर गाउँलगायत १३ गाउँमा प्रसूति सेवा सञ्चालन गरेको छ । जिल्लाको पूर्वी बैजापुरबाट पश्चिमको सोनपुर स्वास्थ्य केन्द्रमा स्थानीय स्वास्थ्य निकायको पहलमा प्रसूति सेवा सञ्चालनमा आएको जनाइएको छ ।

गाउँमै प्रसूति सेवा सञ्चालनमा आएपछि सामान्य अवस्थाको प्रसूतिका लागि नेपालगञ्ज धाउनुपर्ने सेवाग्राहीको बाध्यताको अन्त्य भएको छ । साविकको ४६ गाविस रहेको बाँकेको अहिले आठ स्थानीय तह छ । यहाँ छ गाँउपालिका र दुई नगरपालिका छन् ।

सो स्थानमा सेवा सञ्चालन गर्न सरोकारवाला सरकारी तथा गैरसरकारी निकायसँग छलफल भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?