काठमाडौं । बाँके, झापा र नवलपरासी (पूर्व) अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाँकेको खजुरा गाउँपालिका-६ सिमलघारी प्रतिक्षालयबाट करिब २ सय ५० ग्राम गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १९ वर्षीय प्रेम बिक लगायत छन् ।
इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी मंगलबार राति पक्राउ गरेको हो ।
झापाको अर्जुनधारा नगरपालिका-११ स्थित चिया बगानबाट ४ ग्राम ब्राउनसुगर र २ ग्राम १३ मिलिग्राम गाँजासहित सोही ठाउँ बस्ने ३५ वर्षीय लाल बहादुर दर्जीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी (पूर्व)को देवचुली नगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध ३३ एम्पुल नुफिन, ३२ एम्पुल प्रोमेथाजाईन र ३३ एम्पुल डाईजेपामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका-२ बस्ने ३१ वर्षीय ईन्द्र बहादुर बाचेँ मगर रहेका छन् । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
ग.१४ प ६५०८ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक मगरलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका