बालाजुस्थित जुत्ता उद्योगमा आगलागीः अझै नियन्त्रणमा आउन सकेन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौँ महानगरपालिका-१६ बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जुत्ता कारखानामा लागेको आगलागी नियन्त्रणको प्रयास भइरहेको जानकारी दिनुभयाे । उहाँका अनुसार घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । अहिले नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी आगो नियन्त्रणमा खटिएका छन् ।

आगलागी नियन्त्रणमा लिन जुद्ध वारुणयन्त्र, सेना र प्रहरीको दमकलसमेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ । कारखानाबाट नजिकै रहेका घरमा समेत आगो फैलिने सम्भावना भएपछि स्थानीय त्रसित बनेका छन् ।

आगलागीको कारण भने खुल्न सकेको छैन।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?