स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न एमाले सांसदको माग

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एमाले सांसद खगराज अधिकारीले स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न माग गर्नुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सरकारकै कारण स्वास्थ्य बिमा कार्यक्रम जोखिममा परेको बताउनुभयो ।

‘स्वास्थ्य बिमा कार्यक्रममा विमितहरूबाट ११ अर्ब संकलन भएको छ । यसलाई अहिले अप्ठेरो अवस्थामा पुर्‍याइएको छ । सम्पूर्ण सरकारी अस्पताल र प्रतिष्ठान यो सेवा बन्द गर्ने अवस्थामा पुगेका छन् ।

के ज्येष्ठ नागरिक, अपांगता भएका नागरिकको हुर्मत लिन लागेको हो ?,’ अधिकारीले प्रश्न गर्नुभयो । उहाँले एक मात्र समाजवादन्मुख कार्यक्रम स्वास्थ्य बिमा कोल्याप्स पार्न लागेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयाे । ‘स्वास्थ्य बिमा कोल्याप्स गर्न पाइन्न । एचआईभी एड्स संक्रमित, ज्येष्ठ नागरिक, अपांगता भएका नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्न खोजिएको भन्दै उहाँले सभामुखमार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग गर्नुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?