बालाजुमा भएको आगलागी नियन्त्रणबारे गृहमन्त्रीको चासो

Read Time = 2 mins

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित औद्योगिक क्षेत्रभित्र रहेको वान वल्र्ड जुत्ता कम्पनीमा भएको आगलागीबाट पुगेको क्षति र आगलागी नियन्त्रणबारे चासो व्यक्त गर्दै सम्बन्धित निकायसँग जानकारी लिनुभएको छ ।

उहाँले थप जनशक्ति र साधन प्रयोग गरी आगलागी नियन्त्रण तथा अन्य व्यवस्थापन गर्न र थप सहयोग आवश्यक परे माथिल्लो निकायमा तत्काल जानकारी गराउन पनि निर्देशन दिनुभएको छ ।

गृहमन्त्री खाणले काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजिपी) रवीन्द्रबहादुर धानुक, काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र काठमाडौँ जिल्लाका सुरक्षा प्रमुखलाई यथाशक्य छिटो आगलागी नियन्त्रण गर्न निर्देशन दिनुभएको छ ।

एआइजी धानुकले गृहमन्त्रीको निर्देशनअनुरुप थप शक्ति पठाएर आगलागी नियन्त्रण गर्ने प्रयास भइरहेको जानकारी गराउनुभएको छ । काठमाडौँका प्रजिअ रिजालले विद्युत् सट भएर सो आगलागी भएको जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?