विमानस्थलमा जथाभावी चक्कु प्रहार गर्नेलाई गोली हानेर हत्या

Read Time = 1 min
A A- A+

पेरिस । फ्रान्सको राजधानी पेरिस बाहिर चार्ल्स डे गौले विमानस्थलमा चक्कु प्रहार गर्ने एक व्यक्तिलाई पुलिस अधिकारीहरूले गोली प्रहार गरेका छन् । विमानस्थलमा बुधबार जथाभावी गोली प्रहार गर्ने व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको हो । उनको घटनास्थलमै निधन भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

पेरिस पुलिस विभागले आफ्नो ट्विटर अकाउन्टमा भन्यो, ‘अधिकारीहरूले रोइसी–चार्ल्स डे गौले एयरपोर्टमा चक्कु लिएर धम्की दिने व्यक्तिलाई निष्प्रभावी गरिएको छ ।’
-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?