काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणिकरणका सम्बन्धमा राष्ट्रपतिबाट रोकिनु वा ढिलो हुनु नपर्ने टिप्पणी गर्नुभएको छ ।
५ दिने जापान भ्रमणबाट आज स्वदेश फर्किनुभएका अध्यक्ष प्रचण्डले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन मार्फत यस्तो टिप्पणी गर्नुभएको भएको हो ।
‘राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने लाग्छ, तर ढिलो नहुनुपर्थ्यो’ प्रचण्डले भन्नुभयो ।
यसअघि प्रचण्ड राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरे सरकारले फेरि संसद्मा पेश गरेर पारित गराउने बताउनु भएको थियो ।
संसद्का दुवै सदनबाट पारित भएको विवादास्पद नागरिकता विधेयक प्रमाणीकरणका लागि ९ दिनअघि शीतल निवास पुगेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयकबारे अहिलेसम्म निर्णय लिइसक्नुभएको छैन ।
अध्यक्ष प्रचण्डले आफ्नो जापान भ्रमण अन्यन्त फलदायी रहेको बताउनु भयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका