थप ८६८ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

Read Time = 1 min

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८६८ जनामा कोरोना संक्रमण देखिएको छ भने तीन जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ६१४जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

आज कोरोना संक्रिय संक्रमितको संख्या ८ हजार ८८५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१४ जना संक्रमणमुक्त भएका छन् ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३७ हजार ६३० पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?