सीमामा काँडेतार होइन, हरेक नेपाली पर्खाल बन्न जरुरी छ : रामहरि खतिवडा

फाइल तस्वीर

Read Time = 2 mins

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले देशको सीमानामा पर्खाल र काँडेतार नभइ भावनाको काँडेतार लगाउन आवश्यक रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार नेपालको एक इन्च भूमि पनि कसैले प्रयोग गर्नुहुँदैन भन्ने पक्षमा रहेको बताउनु भयो । नेता खतिवडाले नेपाललाई मेची महाकाली काँडोतार लगाएर घेर्ने भन्दा सबै नेपाली नागरिक प्रत्येक ठाउँमा काँडेतार बनेर उभिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी नेपाली नागरिकहरुमा पनि विडम्वना छ । कोही कोही साथीहरु आफ्नो नामको अघि काशीनाथ लेख्नुहुन्छ, कोही द्वारिकानाथ लेख्नुहुन्छ, काशिनाथ र द्वारिकानाथ लेख्ने प्रखर भारतबिरोधी हुनुहुन्छ । मुक्तिनाथ र पशुपतिनाथ लेख्ने भारतबिरोधी भनेर प्रचार गरिन्छ । राष्ट्रवादी हो कि होइन, यो विडम्वना छ । हामी नेपालको एक इन्च भूमि पनि कसैले प्रयोग गर्नुहुँदैन भन्ने पक्षमा छौँ । यो बेला नेपाललाई मेची महाकाली काँडोतार लगाएर घेर्ने की, नेपाली नागरिक प्रत्येक ठाउँमा काँडेतार बनेर उभिने भन्ने हो । हामीलाई पर्खाल र तारले भन्दापनि भावनाले राष्ट्रियता जगाउन आवश्यक छ ।’

नेता खतिवडाले देशको स्वाधिनताको विषयमा बोल्न कुनै पार्टी, नेता र नागरिकले हिच्किचाउनु नहुने पनि बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?