आयरल्यान्डद्वारा अफगानिस्तान पराजित

Read Time = 2 mins

काबुल । घरेलु टोली आयरल्यान्डले अफगानिस्तानलाई पहिलो टी-ट्वान्टीमा पराजित गरेको छ । आयरल्यान्डले पाहुना टोली अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो ।

जितसँगै ५ खेलको टी-ट्वान्टी सिरिजमा घरेलु टोलीले १-० को अग्रता बनाएको छ । अफगानिस्तानले दिएको १ सय ६९ रनको लक्ष्य घरेलु टोलीले १ बल बाँकी रहँदा ३ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि लुर्केन टुर्केर र एन्डी बालबेर्नीले अर्धशतकीय इनिङ खेल्नुभयो । कप्तान बालबेर्नीले ५१ तथा टुर्केरले ५० रन बनाउनुभयो ।

पउल स्ट्रलिङले ३१ तथा हृयारी टेक्टरले अविजित २५ रन बनाउनुभयो । पाहुना टोलीका लागि मुजिब उर रहमान, कप्तान मोहम्मद नाबी तथा नभिन उल हकले समान १/१ विकेट लिनुभयो । त्यसअघि पहिले ब्याटिङ गरेको भ्रमण टोलीले २० ओभरमा ७ विकेट गुमाएर १६८ रन बनायो ।

उसका लागि उस्मान घानीले ५९ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । इब्राहिम जाड्रनले अविजित २९ तथा रमिउल्लाह गुर्बाजले २६ रन बनाउनुभयो । आयरल्यान्डका लागि वारी म्याककार्थीले ३ तथा जर्जी ड्याकरोलले २ विकेट लिनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?