काठमाडौं । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले २६ खेलाडीलाई प्रशिक्षणमा बोलाउन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गर्नुभएको छ । अल्मुताइरीले भदौ २५ गतेबाट प्रशिक्षण सुरु गर्ने र त्यसका लागि आवश्यक प्रबन्ध मिलाइदिन महासचिव किरण राईमार्फत् एन्फासँग आग्रह गर्नुभएको हो ।
अल्मुताइरीले जेठमा कुवेतमा एसियन कप छनोट खेल्दाका २० खेलाडी र थप ६ गरी २६ खेलाडी प्रशिक्षणमा बोलाइदिन आग्रह गर्नुभएको हो । अल्मुताइरीले प्रशिक्षणमा डाक्न एन्फालाई आग्रह गरेका खेलाडीमा एरिक विष्ट, विकास खवास, विकास तामाङ, विशाल सुनार, दीप कार्की, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, मनीष डाँगी, नवयुग श्रेष्ठ, निरकुमार राई, पुजन उपरकोटी, राजन गुरुङ, रोशन राना मगर, सेसेहाङ आङदेम्बे, शिव गुरुङ, सुमन अर्याल, सुनिल बल, टेकेन्द्र सिंह थापा, सुरजज्यू ठकुरी र आकाश बुढा मगर रहनुभएको छ ।
यसअघि राष्ट्रिय टोलीमा नभएका र प्रशिक्षणमा थपिएका ६ जनामा अञ्जन विष्ट, तेज तामाङ, दिनेश हेम्जन, जगजित श्रेष्ठ, मनिष मगर, प्रशान्त अवस्थी रहनुभएको छ ।
अल्मुताइरीले नयाँ व्यवस्थापक पनि नियुक्त गर्न एन्फालाई आग्रहसमेत गर्नुभएको छ । यसअघि मधुसुदन उपाध्याय राष्ट्रिय टोलीको व्यवस्थापक हुनुहुन्थ्यो । अल्मुताइरीले प्रशिक्षणका दौरान खेलाडीका लागि होटल, किट्स र अन्य आवश्यक सामग्री व्यवस्था गर्न पनि एन्फालाई आग्रह गरेको बताइएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका