बेइजिङ । चीनको सेनाले ताइवान वरिपरि ‘विभिन्न कार्य पूरा गरिसकेको’ भन्दै अब नियमित गस्ती गर्ने बताएको छ । चीनको उक्त कार्यले सम्भावित युद्ध खेलको अन्त्यको संकेत गरे पनि बेइजिङले टापुमाथि दबाब जारी राख्ने बेलायती समाचार संस्था रोयटर्सको टिप्पणी छ ।
अमेरिकी सभामुख न्यान्सी पेलोसीको गत हप्ता ताइपेईको भ्रमणपछि आक्रोशित बनेको चीनले स्वशासित टापुको वरिपरि आफ्नो सबैभन्दा ठूलो अभ्यासलाई मूल रूपमा निर्धारित चार दिनभन्दा बढी गरेको थियो । चीनले एउटा संक्षिप्त वक्तव्य जारी गर्दै ठूलो सैन्य अभ्यास समाप्त भएको जानकारी दिएको छ ।
वक्तव्यमा चीनको जनमुक्ति सेनाको पूर्वी थिएटर कमाण्डले ताइवान वरपरको समुद्री र हवाई क्षेत्रमा संयुक्त सैन्य अभियानको शृंखलामा ‘विभिन्न कार्य सफलतापूर्वक सम्पन्न गरेको र सैनिकहरूको एकीकृत लडाइँ क्षमताहरूको प्रभावकारी रूपमा परीक्षण गरेको’ बताउनुभएको छ । ‘थिएटर कमाण्डले ताइवान ‘स्ट्रेट’मा हुने परिवर्तनहरूमा नजर राख्नेछ ।
लडाइँका लागि प्रशिक्षण र तयारी जारी राख्नेछ । नियमित लडाइँ तयारी गस्तीहरू व्यवस्थित गर्ने र दृढतापूर्वक राष्ट्रिय सार्वभौमसत्ता तथा क्षेत्रीय अखण्डताको रक्षा गर्नेछ’, वक्तव्यमा उल्लेख छ । ताइवानले यसबारेमा कुनै प्रतिक्रिया जनाएको छैन । रोयटर्स ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका