नितिश कुमारद्वारा आठौं पटक विहारको मुख्यमन्त्रीको शपथ

Read Time = 2 mins

पटना । नितिश कुमारले आठौं पटक विहारको मुख्यमन्त्रीको शपथ लिनुभएको छ । बुधबार राजभवनमा आयोजित एक कार्यक्रममा बिहारका राज्यपाल फागु चौहानले उहाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

एक दिनअघि, नितिश कुमारले एनडीए गठबन्धनसँग सम्बन्ध तोड्दै मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । त्यसपछि उहाँले राष्ट्रिय जनता दलसँग मिलेर नयाँ सरकार बनाउने दाबी गर्नुभएको थियो ।

नितिश कुमारले १६५ विधायकको समर्थन रहेको दाबी गर्नुभएको थियो । सन् २०२० को विधानसभा चुनावमा नितिश कुमारले बीजेपीसँग चुनाव लडनुभएको थियो । तर, पछिल्ला केही दिनदेखि यी दुई पार्टीबीचको मतभेद खुलेर बाहिर आउन थालेको थियो ।

नितिशले भाजपाबाट अलग भएर राजदसँग मिलेर सरकार बनाउनुभएको छ । र, आठौं पटक मुख्यमन्त्रीको शपथ लिनुभएको छ । उहाँसँगै तेजस्वी यादवले पनि उपमुख्यमन्त्रीको शपथ लिनुभएको छ ।

मुख्यमन्त्रीको शपथ लिइसकेपछि सञ्चारकर्मीसँग बोल्दै उहाँले विपक्षी दलहरूलाई एकजुट हुन आहृवान गर्नुभएको छ । सन् २०२४ मा हुने लोकसभा निर्वाचनमा विपक्षी दलहरू एकजुट भएर भाजपाविरुद्ध लड्नुपर्ने उहाँको भनाइ छ । २४३ सदस्यीय विहार विधानसभामा नीतिशकुमारलाई १६४ विधायकको समर्थन छ । भाजपासँग ७७ विधायक छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?