थुम्केलीद्वारा लिखित ‘लोक कलाकार जीवनी’ विमोचन

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीद्वारा लिखित ‘लोक कलाकार जीवनी’ पुस्तक विमोचन भएको छ । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा मंगलबार उक्त कृतिको प्रतिष्ठानका कुलपति केके कर्माचार्यले विमोचन गर्नुभएको हो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको लोककला विभागले प्रकाशन गरेको उक्त कृतिमा नेपालमा प्रचलित विभिन्न लोककलामा काम गर्ने एक दर्जन बढी कलाकारको जीवनी समेटिएको छ ।

पुस्तकका लेखक थुम्केलीले पुस्तकमा नेवार, अवधी, मिथिला, थारू र राजवंशी लोककलामा काम गर्ने कलाकारका बारेमा लेखिएको बताउनुभयो । उहाँले नेपाली लोककला क्षेत्रमा विशिष्ट कलाकार धेरै भए पनि एउटा पुस्तकमा सबैलाई स्थान दिन नसकिएको जनाउनुभयो । थुम्केलीले आगामी संस्करणमा लोक कलाकारका बारेमा कलम चलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पुस्तकमा शारदा चित्रकार, जीतबहादुर रायमाझी ‘मैथिल’, जुलुमलाल चित्रकार, सूर्यबहादुर चित्रकार, श्यामानन्द ठकुरी, अजितकुमार साह, मिथिलादेवी यादव, एससी समुन, सीतादेवी कर्ण, लक्ष्मण मण्डल, पवनकुमार राजवंशी, पुनमकुमारी दास र मित्थु थारूको जीवनीसहित कलाकृतिको चर्चा गरिएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?