बुटवलमा नवउद्यमशाला तालिम सुरु

Read Time = 2 mins

रूपन्देही । बुटवलमा बिजनेस इन्कुवेसन कार्यक्रम सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रूपन्देही, अन्तरप्रेरणा, युवा उद्यमी मञ्च रूपन्देही र लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा बुटवलमा बिजनेश इन्कुवेसन (नवउद्यमशाला) कार्यक्रम सुरु गरिएको हो ।

मंगलबारदेखि सुरु भएको कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले नवउद्यमीलाई सफल उद्यमी बनाउन कार्यक्रम सुरु गरिएको बताउनुभयो । तालिमले नवउद्यमीलाई ज्ञान र सीप प्रदान गर्दै त्यसबाट सिकेको ज्ञान र सीपको प्रयोगले सवल तथा सक्षम उद्यमीका रूपमा उभ्याउने उहाँको भनाइ छ ।

उल्लेखित संस्थाहरूसँगको सहकार्यमा यसअघि पनि पहिलो चरणको कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा सहभागीहरू हाल राम्रो उद्योगीका रूपमा स्थापित भएको अध्यक्ष कसजूले बताउनुभयो । कार्यक्रम आगामी तीन महिनासम्म सञ्चालन हुने बताइएको छ ।

उद्घाटन कार्यक्रममा युवा उद्यमी मञ्च रूपन्देहीका अध्यक्ष निरज लाकौल, लुम्बिनी वाणिज्य क्याम्पसका उपप्राध्यापक डिल्लीराज गौतम, अन्तरप्रेरणाकी श्रद्धा शाक्य, सुदृढ परियोजना बुटवलकी संयोजक वेवी शाह, संघका कार्यक्रम अधिकृत तथा बिजनेस इन्कुवेसन कार्यक्रमका फोकल पर्सन केशव ढकाललगायतले बिजनेस इन्कुवेसन कार्यक्रमबारे चर्चा गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?