काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले नार्जो सिरिजको इन्ट्री लेबलमा स्टाइलिस र अल-अराउन्डर स्मार्टफोन रियलमी नार्जो-५० ए प्राइम नेपाली बजारमा ल्याएको छ । अल्ट्रा-स्लिक डिजाइन, शक्तिशाली प्रोसेसर, पाँच हजार एमएएच ब्याट्री र एआई-सक्षम क्यामेरालगायत थुप्रै विशेषतायुक्त रियलमी नार्जो-५० ए प्राइम फ्ल्यास ब्लु कलर चार प्लस एक सय २८ जिबी भेरियन्टको मूल्य २१ हजार सात सय ९९ रुपैयाँ रहेको छ ।
नार्जो-५० ए सार्वजनिक गर्दै रियलमी नेपालका हेड मुनिष गिरीले भन्नुभयो, ‘नेपाली बजारमा रियलमी नार्जो सिरिजअन्तर्गत नयाँ रियलमी नार्जो-५० ए प्राइम ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । यो नयाँ स्मार्टफोन हाम्रा प्रयोगकर्तालाई अत्याधुनिक प्रविधिको समग्र अनुभव प्रदान गर्ने अर्को कदम हो ।’ कम्पनीका अनुसार नार्जो-५० ए मा प्राइमरी क्यामेरा, सुपर क्लोज फोकस भएको म्याक्रो लेन्स, डिजिटल जुम र उच्च एक्सपोजरसहितको लेन्स समावेश छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका