काठमाडौं । साना तथा लघु घरेलु उद्योग व्यवसायमा ऋण प्रवाह गर्ने गरी सानिमा बैंकले दुई करोड अमेरिकी डलर विदेशी ऋण लिएको छ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बाट उक्त ऋण लिएको हो । तरलता अभाव बढ्न थालेको भन्दै बैंकले गत आर्थिक वर्षमै ऋणका लागि पहल गरेकोे थियो ।
नेपाल राष्ट्र बैंकले अनुमति दिएकाले यसै आर्थिक वर्षभित्र सबै रकम प्राप्त गर्ने गरी ऋण स्वीकृत भएको सानिमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागार्इंले बताउनुभएको छ ।
समावेशी तथा दिगो विकासको सिद्धान्तमा आधारित रही उक्त रकम कर्जाका रूपमा प्रवाह गरिने बैंकले जनाएको छ । आइएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एस फइले सानिमा बैंकमा गरिएको लगानीले लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तीय पहुँचमा थप सहजीकरण गर्दै नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका