हिमालयन र अमेरिकन एक्सप्रेसको नयाँ कार्ड सेवा

Read Time = 4 mins

काठमाडौं । हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले ग्राहकका लागि हिमालयन बैंक अमेरिकन एक्सप्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रिपेड कार्ड गरी दुई नयाँ कार्ड सेवा सञ्चालनमा ल्याएको छ । हिमालयन बैंक अमेरिकन एक्सप्रेस क्रेडिट कार्ड विशेष गरी विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न सरसामान खरिद गर्ने खरिदकर्ता र हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रिपेड कार्ड उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीका साथै अन्य यात्रीका लागि लक्षित गरी जारी गरिने बैंकले जनाएको छ । उक्त कार्ड प्रयोगकर्ताले कार्डबाट भुक्तानी गर्दा विभिन्न लाभ, छुट पाई खर्च व्यवस्थापन सहज बनाउन सक्ने बैंकले बुधबार आयोजित कार्यक्रममा जानकारी दिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले अमेरिकन एक्सप्रेससँग हिमालयन बैंकको लामो समयदेखिको सम्बन्ध रहेको र विभिन्न वर्गका ग्राहकलाई लक्षित गरी दुई नयाँ कार्ड सञ्चालनमा ल्याई सम्बन्धलाई निरन्तरता दिन सकेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

अमेरिकन एक्सप्रेस दक्षिण एसियाका भाइस प्रेसिडेन्ट तथा व्यापार प्रमुख, नेटवर्क पार्टनरसिप दिव्या जैनले नेपालमा अमेरिकन एक्सप्रेसका दुई नयाँ कार्ड सेवा सुरु गर्न पाउँदा उत्साहित भएको बताउनुभयो छ । बैंकका अनुसार प्रयोगकर्ताले कार्डको माध्यमबाट अनलाइन भुक्तानीलगायत स्थानीय कारोबारबापत ०.५० प्रतिशत वा बढीमा तीन हजार रुपैयाँ प्रतिवर्षसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । विशेष गरी विदेश भ्रमण र उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीले कार्डमार्फत् अनलाइन भुक्तानीलगायत स्थानीय कारोबारबापत ०.५० प्रतिशत वा बढीमा दुई हजार चार सय रुपैयाँ प्रतिवर्षसम्म क्यासब्याक प्राप्त गर्ने बैंकले जनाएको छ । साथै क्लब हिमालयमा कम्तीमा दुई रातको बुकिङ गर्दा होटलका तर्फबाट एक रात निःशुल्क प्राप्त गर्न सक्नेछन् । त्यस्तै युनाइटेड कलर्स अफ बेनेटनमा सामान खरिद गर्दा १० प्रतिशत छुट, स्पोर्ट्स प्लाजाका सम्पूर्ण सामानमा १५ प्रतिशत छुट, मिसियोमा ३३ प्रतिशत छुट र एपिक माउन्टेन बाइक्समा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?