रक्षाबन्धन तथा जनैपूर्णिमा नेपालीको महापर्व !

हिमालय टाइम्स
Read Time = 13 mins
A A- A+

✍️ बद्रीप्रसाद दाहाल
२०७९ सालको जनैपूर्णिमा एवं रक्षाबन्धन साउन २७ गते पर्न गएको छ । जनैपूर्णिमा, श्रावणी, रक्षाबन्धन, ऋषितर्पणी, ऋषिपूर्णिमा र क्वाँटीपूर्णिमा आदि भिन्न भिन्न नामले पुकारिन्छ जनैपूर्णिमाको महापर्वलाई । ‘जनै’ भनेको उपनयन विधि गरेर ब्राहृमण, क्षत्री वैश्यादिले लगाउने शिखा पारिएको धागो जसलाई ब्रहृमसूत्र वा यज्ञोपवीत भनेर पुकारिन्छ । यही ‘जनै’ पूर्णिमाको पुण्य तिथिमा धारण गरिने हुँदा यो तिथिलाई जनैपूर्णिमाको संज्ञामा सम्मान गरिएको हो । वैदिक कालदेखि मनाइँदै आएको यो सनातन पर्व द्विजगणहरूको (आमाको गर्भबाट र संस्कारमार्फत दुईपटक जन्मने) आत्मशोधनको महान् पर्व हो । यसलाई उपाकर्म पनि भनेर चिनिन्छ ।

यो दिन द्विजजातिहरू कुनै पवित्र नदी, तलाउ वा तीर्थहरूको किनारमा एकत्रित भएर वैदिक विधिपूर्वक स्नान, सूर्यआराधना, प्राणायाम, अग्निहोत्र र ऋषिहरूको पूजा गरी शारीरिक, मानसिक तथा आध्यात्मिक शुद्धिको सम्पादन गर्दछन् । प्रायः श्रवण नक्षत्रले युक्त भएको र श्रावण महिनामा नै यो पर्व पर्ने हुँदा यसलाई श्रावणी अर्थपूर्ण नाम बन्न गयो । सुरक्षाको प्रतीक सूत्र नाडीमा बाँधिने भएर रक्षाबन्धनको शब्दमा पनि यसलाई पुकारिन्छ ।

रक्षाबन्धन युगौँदेखिको वर्षदेखिको वैदिक सनातन प्रचलन हो । भविष्य पुराणमा बताइएनुसार स्वर्गका राजा इन्द्रलाई उनकी पत्नी सतीशिरोमणि शचीले शत्रुहरूमाथि विजय प्राप्त गराउन भयमुक्तको प्रतीक यो डोरो बाँधिदिएकी थिइन् । जसको कारण इन्द्रासन हल्लाउन कसैको तागत हुँदैनथ्यो । त्यही परम्परा आजतक सनातनीहरूको पवित्र पर्व रूपमा नयाँ स्पूmर्ती, आत्मविश्वास र बल भरेर जीवनयात्राको मार्गलाई निष्कण्टक बनाइरहेको छ ।

रक्षाबन्धन पति र पत्नीबीचको सौहाद्र्रता, प्रेम र सौभाग्यको रक्षक हो भने दाजु-बहिनी-दिदी-भाइहरूबीचको हार्दिकता र आत्मीयताको द्योतक पनि हो, त्यसैले त तराईतिर ‘राखीका त्यौहार’ भनेर श्रद्धाभक्तिपूर्वक मनाइन्छ ।

रक्षाबन्धन पति र पत्नीबीचको सौहाद्र्रता, प्रेम र सौभाग्यको रक्षक हो भने दाजु बहिनी दिदी भाइहरूबीचको हार्दिकता र आत्मीयताको द्योतक पनि हो, त्यसैले त तराईतिर ‘राखीका त्यौहार’ भनेर श्रद्धाभक्तिपूर्वक मनाइन्छ । यसरी दिदीबहिनीहरूले दाजुभाइहरूलाई श्रीमतीले श्रीमान्लाई र कतिपय स्थानमा पुरोहितबाट यजमानलाई रक्षासूत्र बाँध्ने गरिन्छ । यो बाँध्ने बेला यस्तो मन्त्र पढिन्छ, ‘येनबध्दो वलिर्राजा, दानवेन्द्रो महाबलः । तेन त्वं प्रतिबध्नामि, रक्षोमाचलमाचल ।। अर्थात् ‘हे सुरक्षाको बिम्ब बनेको अभिमन्त्रित धागो, जसबाट दानवहरूका ठूला बलशाली राजा बलि पनि बाँधिएका थिए, त्यही सुरक्षा सूत्रले म तिमीलाई बन्धन गर्छु, त्यसैले हे रक्षासूत्र ! तिमी चल्दै नचलिकन स्थीर भएर रक्षा गर ।

यज्ञोपवीत, यज्ञसूत्र, ब्रहृमसूत्र वा तागा, तागाधारीको गहनामात्र नभएर आत्मशुद्धि वा इन्द्रियनिग्रहको भरपर्दो उपकरण हो । किनकि बिहानबेलुका सन्ध्याको समयमा यही जनैलाई नमस्कार मुद्रामा रहेको हातका औँलामा बेरेर गायत्री मन्त्र जप्नुपर्छ । जनैपूर्णिमाको दिन पुरानो जनैलाई विसर्जन गर्दा पनि सम्मान प्रकट गर्दै भनिन्छ-‘सूतके मृतकेचैव गतमास चतुष्टये । नव यज्ञोपवीतानि धृत्वा जीर्णानि सन्त्यजेत् ।। एतावत् दिनपर्यन्तम्, ब्रहृमत्वं धारितम् मया । अशुद्धत्वात् परित्यागो, गच्छ सूत्र यथा सुखम्’ ।।’

अर्थात् परिवारमा कोही सुत्केरी भएर चोखिँदा, कसैको मृत्युपछि शुद्ध हुँदा र हरेक चार महिनामा यो सूत्रलाई फेर्नु पर्छ । अनि अनुरोध गर्दै भन्नुपर्छ कि-यतिन्जेलसम्म ब्रहृमत्वको लागि मैले तिमीलाई धारण गरेँ, अहिले अशुद्ध भएकाले वा चार महिना नाघेकाले तिमीलाई परित्याग गरेको छु त्यसैले हे मन्त्रित धागो तिमीलाई बिदाइ छ सुखपूर्वक जाऊ । त्यसै गरी नयाँ जनैलाई पनि धारण गर्दा सम्मानपूर्वक यस्तो श्लोक पढ्ने गर्दछन् : ‘यज्ञोपवीतं परमं पवित्रम् । प्रजापतेर्यत् सहजं पुरस्तात् । आयुष्यमग्य्र प्रतिमुञ्च शुभ्रम्, यज्ञोपवीतं बलमस्तु तेज : ।।

यसरी यज्ञोपवीत अत्यन्त शुद्ध, संसारका स्रष्टा विधातासँगै जन्मिएको, आयु, प्रज्ञा, तेज र बल बढाउने बहुमुखी सूत्र भनेर सम्मानसाथ धारण गरिन्छ । जनैलाई दीर्घशंका वा लघुशंका गर्दा अशुद्धताबाट बचाउँन कानमाथि सिउरिने चलन छ । शास्त्रनिर्माताहरू बोल्छन्- ‘आदित्या वसवो रुद्राः, वायुरग्निश्च देवताः ।’ भनेर दाहिने कानमा सबै देवता बस्ने हुँदा त्यसमा शौचको गर्ने बेला सिउरिनु पर्छ भनेका छन् । आयुर्वेद विज्ञानले यसको वैज्ञानिकताबारे रोचक प्रसंग उठाएको छ । मानिसको विशेष नाडी दाहिने कान भएर मलमूत्रद्वारमा पुगेको हुन्छ, यदि दाहिने कानको यो नाडीलाई थोरै गरी हातले दबाब दिँदा व्यक्तिहरूको मूत्र ढोका स्वतः खुल्छ ।

यो नाडीको सम्बन्ध अण्डकोषसित पनि सोझै हुन्छ । त्यसैले पिसाप गर्दा वीर्य स्खलन हुन नपाओस् भनी जनै कानमा राखिएको हो । दीर्घशङ्का वा मल उत्सर्जन गर्दा भने दुवै कानमा ब्रहृमसूत्रलाई बेरिन्छ । किनकि यसमा सूत्र बेर्दा नाडीहरू जागा भएर सचेष्ट हुन्छन् । यसरी हाम्रा मन्त्रद्रष्टा ऋषिहरूले वीर्यको संरक्षण गर्न र मल फ्याँक्न यो वैज्ञानिक उपाय गरेका रहेछन् । आयुर्वेदका शोधकले भनेका छन्-यसरी मलमूत्र उत्सर्जनको बेला जनैलाई कानमा परिवेष्ठित गर्दा मधुमेह, प्रमेह आदि रोगहरू स्वतः निस्तेज बन्दछन् ।

जनै कस्तो हुनुपर्छ भन्ने क्रममा नीतिविद् देवल भन्छन् ‘जनै नौवटा धागोले बनेको हुनुपर्छ । प्रत्येक सूत्रमा तीन तीन डोराहरू हुन्छन् । ती डोराहरूले क्रमशः ब्रहृमज्ञान, तेज, धैर्यता, सर्वप्रियता, स्नेहशीलता, प्रजापालन, बलशाली, प्रकाश र सात्विकता जस्ता अद्भूत तत्वको प्रतिनिधित्व गर्दछन् ।

जनै कस्तो हुनुपर्छ भन्ने क्रममा नीतिविद् देवल भन्छन्-‘यज्ञोपवीतं कुर्वीत सूत्रेण नव तन्तवः’ अर्थात् जनै नौवटा धागोले बनेको हुनुपर्छ । प्रत्येक सूत्रमा तीन तीन डोराहरू हुन्छन् । ती डोराहरूले क्रमशः ब्रहृमज्ञान, तेज, धैर्यता, सर्वप्रियता, स्नेहशीलता, प्रजापालन, बलशाली, प्रकाश र सात्विकता जस्ता अद्भूत तत्वको प्रतिनिधित्व गर्दछन् । जनैको स्वरूप र संरचनाबारे नीति- ‘पृष्ठवंशे च नाध्यां च, धृतं यत् विन्दते कटिम् । तद्धार्य उपवीतं स्यान्नातिलम्वं नचोछि«तम्’ ।। अर्थात् जनै बायाँ काँधदेखि नाभिस्थल स्पर्श गर्दै कम्मरको भागसम्म पुग्ने हुनु पर्दछ । जनैको इतिहासलाई शास्त्रकारले सूत्रात्मक बनाउँदै बोलेका छन्- ब्रहृमणेत्पादितं सूत्रं, विष्णुना त्रिगुणी कृतम् । रुद्रेण दत्तो ग्रन्थिर्वै, सावित्र्याचाभिमन्त्रितम् ।।

यसरी जनैलाई ब्रहृमाले पैदा गरे, विष्णुले तेब्य्राए, रुद्रले गाँठो अर्थात् शिखा बनाए र सावित्रीले अभिमन्त्रित गरिन् । यस्तो चार शक्तिबाट तयार भएको हो जनै । यसैले ब्रहृमविद् जो कोही पुरुष, महिला सबै यसका अधिकारी हुन् । त्यसैगरी हरेक सनातनीहरूको नाडीमा बाँधिने रक्षासूत्रलाई पनि तामाको भाँडामा राखेर जौ, कुश, दुबो, सस्र्युं, चन्दन, अक्षता, गाईको गोबर र दहीसमेत मिलाएर अभिमन्त्रित गर्नुपर्छ । त्यस्तो अंग पुगेको धागो नै रक्षाबन्धनको रूपमा बाँध्दा साँचो रक्षा हुनसक्छ ।

नेपालका विभिन्न तीर्थस्थलहरूमा यो दिन ठूलो मेला लाग्दछ । जनैपूर्णिमा सबै सनातनीहरूको महान् पर्व हो । यो दिन वर्षाको चिसोलाई शरीरबाट निकाल्न दुई दिनअघिदेखि टुसा उमारेका मिश्रित गेडागुडी पकाएर खाने चलन छ जसलाई क्वाँटी भन्छि । यस्ता पर्वहरूलाई केवल झारा तिराइको कर्मकाण्ड बनाउनु हुँदैन । सबैले जनै धारण गरेर विधिपूर्वक स्नान, सन्ध्योपासना, प्राणायाम, पाठपूजा गरेरमात्र भुजा लिने बानी बसाल्नुपर्छ । शरीर र मनलाई पवित्र र निर्मल बनाउन यो पर्व उत्प्रेरक छ मानवमात्रको लागि । त्यसैले सङ्कुचित भएर संप्रदायको घेरामा यसलाई अपव्याख्या गर्न हुँदैन ।

आज हाम्रा हरेक पर्व, चाड र उत्सव अन्धविश्वास वा कुरीतिको बिम्ब भन्ने अल्लारे सोचलाई मेट्न जनैको वैज्ञानिकता, मान्छेको जिउने कला र हाम्रा आवेग र संवेगलाई परिसीमन गर्ने क्षमताका हुन् भन्ने कुरा शोध गर्न जरुरी छ । हाम्रा कर्मेन्द्रिय र ज्ञानेन्द्रियमा आउने असंयमीपन छाडावाद तथा अराजक ल्यागतलाई नियामक र व्यवस्थित बनाउने अद्भूत सूत्र हो जनै । अनि जनैपूर्णिमा राष्ट्रिय एकताको रक्षात्मक सन्देश प्रवाह गर्ने नेपालीहरूको साझा तिथि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?