नेपाललाई साढे १५ अर्ब रुपैयाँ अनुदान सहायता दिने चीनको घोषणा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चीनले सन् २०२२ का लागि नेपाललाई साढे १५ अर्ब रुपैयाँ (८० करोड चिनियाँ युआन) अनुदान सहायता घोषणा गरेको छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग बुधबार भएको द्वीपक्षीय भेटवार्तामा स्टेट काउन्सिलर समेत रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले उक्त घोषणा गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

चीनको पूर्वी तटीय प्रान्त सान्दोङ्को छिन्दाओ शहरमा दुई परराष्ट्रमन्त्रीको तहमा भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा वाङले उक्त सहयोग घोषणा गनुृभएको हो ।

यस्तै वार्ता क्रममा नेपाली पक्षले रासायनिक मल उपलब्ध गराइदिन र नेपालमा रासायनिक मल कारखाना सञ्चालनको सम्भाव्यता अध्ययन गरिदिन चीनलाई अनुरोध गरेको थियो। चिनियाँ पक्षले उक्त अनुरोधलाई सकारात्मक रूपमा लिँदै सक्दो सहयोग गर्ने बताएको थियो।

परराष्ट्र मन्त्री खड्काले नेपाल सधैं एक चीन नीतिको पक्षमा रहेको भन्दै नेपाली भूमि चीनविरूद्ध प्रयोग हुन नदिने बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?