नौ बर्ष पछि जनैपुर्णिमा र गाईजात्रा एकैदिन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भक्तपुर र ठिमी नगरपालिकाले आज जनैपुर्णिमा र भोली गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए पनि नेपाल पंचाग निर्णायक विकास समितिले भने यो वर्षको जनैपूर्णिमा र गाईजात्रा शुक्रबार एकैदिन रहेको जनाएको छ ।

मुख्यत : काठमाडौं उपत्यकाका नेवार समुदायले जनैपूर्णिमा र गाईजात्रा क्रमशः बिहीवार र शुक्रबार दुई दिन लगातार हुने जनाए पछि पंचाग समितिले २७ साउन अर्थात शुक्रबार नै दुवै परेको भन्दै प्रेस बिज्ञप्ति नै जारी गरेर स्पष्ट पारेको हो ।

पंचाग समितिले सो बारेमा भ्रममा नपर्न आग्रह गर्दै धार्मिक र परम्परा अनुसार आफ्ना धार्मिक कृत्य शुक्रबार एकैदिन गर्न गराउनसमेत आग्रह गरेको छ ।

बिहीबार नै पूर्णिमा तिथि सुरु हुने भए पनि भद्रा पर्ने भएकाले भोलिपल्ट शुक्रबार जनैपूर्णिमा मनाउन तथा रक्षाबन्धन गर्न उचित हुने पंचाग समितिको भनाइ छ ।

यसअघि १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१ र २०७० सालमा पनि यस पालिको जस्तै अवस्था परेको र एकैदिन जनैपूर्णिमा र गाईजात्रा मनाइएको समितिले जनाएको छ । सो सँगै झन्डै ९ बर्ष पछि जनैपुर्णिमा र गाईजात्रा एकैदिन परेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?