चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

चितवन । भरतपुर महानगरपालिका- २९ जुगेडीमा गएराती ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

ट्रकको ठक्करावाट अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएपनि मृतकको भने सनाखत हुन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले गएराति सवा ८ बजे पैदल हिडिरहेका ती युवकलाई ठक्कर दिएको थियो।

ठक्कर दिएलगत्तै घटनास्थलमा युवकको ज्यान गएको थियो । ट्रक सहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?