वेस्ट इन्डिजविरुद्ध न्युजिल्यान्ड विजयी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । वेस्ट इन्डिजविरुद्धको पहिलो टी-२० खेलमा न्युजिल्यान्डले १३ रनको जित निकालेको छ । १८६ रनको लक्ष्य पाएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाउदा १७२ रनमा समेटियो ।

वेस्ट इन्डिजका लागि शामरन ब्रुक्सले सर्वाधिक ४२ रन बनाए । न्युजिल्यान्डका लागि मिचेल स्टानेरले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १८५ रनको योगफल तयार पार्‍यो ।

उसका कप्तान केन विलियम्सनले सर्वाधिक ४७ रन बनाए । यस्तै, डिभेन कन्वेले ४३, जेम्स निसमले ३३ रनको योगदान गरे । घरेलु टोलीका ओडेन स्मिथले ३ विकेट लिए ।

अब, दोस्रो टी-२० खेल शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?