वालिङमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका-१३ गाहाखोलामा आज बिहान स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वालिङ नगरपालिका-९ भुम्रेका ५५ वर्षीय बसन्त श्रेष्ठ रहेका छन् ।

गाहाखोलाबाट आँधीखोला जाने क्रममा ग १६ प ५४६१ नम्बरको स्कुटर आज बिहान ७ बजे दुर्घटना भएको हो ।

श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी थुमपोखरा स्याङ्जाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?