-विजय रावत
जुम्ला । जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले इन्डोस्कोपी सेवा पुनःसंचालनमा ल्याएको छ । सो सेवा हप्ताको दुईदिन संचालन हुने प्रतिष्ठानका उपकुलपति मंगल रावलले बताउनुभयो ।
प्रतिष्ठानले आईतबार र बुधबार मात्र इन्डोस्कोपी सेवा विरामीलाई दिने भएको छ । प्राध्यापक डाक्टर धर्म सुवेदी लगायतको टिमले इन्डोस्कोपी सेवा संचालन गरेको हो । जुम्ला लगायतका कर्णालीका अन्य जिल्लाका बिरामीहरूलाई सहज रुपमा उपचार गर्नको लागि आफुहरुले इन्डोस्कोपी सेवा संचालनमा ल्याएको प्रतिष्ठानका उपकुलपति मंगल रावलले बताउनुभयो ।
आर्थिक अवस्था कमजोर भएका बिरामीहरुले सहज रूपमा जुम्लामै उपचार गर्न पाउने भएकाछन् । भौतिक व्यवस्थापन र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको प्रतिष्ठानले इन्डोस्कोपी सेवा संचालनमा ल्याएपछि विरामीहरुलाई सहज हुने भएको छ । विशेष गरी नेपालीहरुमा ग्यासट्राईटिसको कारणले गर्दा पेट र आन्द्राहरुमा हुने घाउलाई इन्डोस्कोपीको माध्यामबाट सजिलै पहिचान गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।
सो सेवा लिनका लागि नेपालगंज र काठमाडौं लगायत भारतको लखनउमा गएर इन्डोस्कोपी गराउनुपर्ने विरामीको समस्यालाई अहिले जुम्लामै उपचार भएपछि विरामीहरुलाई थप टेवा पुगेको प्रतिष्ठानका निर्देशक राजिव शाहले जानकारी दिनुभयो । आर्थिक रुपमा पछाडी परेका गरिब असाय तथा सिमान्तकृत समुदायका विरामीहरुलाई अस्पतालले निःशुल्क स्वास्थ्य उपचार गर्दै आईरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका