खानेकुराको श्रोत पहिचान हुन नसक्दा स्वास्थ्य समस्या जटिल बन्दैछन् : महानायक हमाल

Read Time = 6 mins

काठमाडौं । महानायक राजेश हमालले खानेकुराको श्रोत पहिचान गर्न नसक्दा स्वास्थ्यसम्बन्धी जटिल समस्या सिर्जना भइरहेको भन्दै शतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
बिहीवार नेपाली उपभोक्ता संरक्षण महासंघको प्रथम राष्ट्रिय महाधिवेशन तथा स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
महानायक हमालले आधुनिकताको पछाडि दौडिने क्रममा स्वदेशमै उत्पादित खाद्य सामग्रीको प्रयोग कम गर्न थालेको बताउनु भयो । उहाँले हेर्दा आकर्षक देखिने खाद्य सामग्री एवं लताकपडाहरु भन्दा स्वदेशमा नै उत्पादित खानेकुरा र लगाउने लुगा राम्रो र स्वास्थ्यवद्र्धक हुने बताउनु भयो ।

महानायक हमालले गुणस्तरयुक्त खानेकुराको कमीका कारण स्वास्थ्यमा गम्भीर समस्या पैदा भइरहेको र उपभोक्ताले आफ्नो अधिकार र शक्तिलाई बिर्सिएर आधुनिकतामा वहकिन थालेको बताउनु भयो । उहाँले कुनै विज्ञापन र सामाजिक सञ्जालमा आकर्षक देखिएकै भरमा नलाग्न सचेत गराउनु भयो ।

महानायक हमालले स्वास्थ्यमा खतरा भइसक्दा समेत कोही पनि नेपालीहरु सचेत हुन नसकेको भन्दै उपभोक्ता संरक्षण महासंले यसमा पहलकदमी थाल्नुपर्ने बताउनु भयो । उहाँले मानिसहरु बिरामी हुँदा आश्चर्य हुनुपर्ने ठाउँमा कसरी स्वस्थ भयो भन्ने बारेमा आश्चर्य हुने गरेको बताउनु भयो । उहाँले मानिसले खाने सामग्रीहरु फ्याक्ट्रीबाट नभइ जमिनबाट उत्पादन हुनुपर्ने र त्यसैले मानव स्वास्थ्यको हीत गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई कसरी प्रयोग गर्ने भन्ने बनाइरहन्छन् र हामी हाम्रो बारेमा नै बिर्सिन्छौँ । हामीसँग जतिपनि उत्पादन गर्ने संयन्त्रहरु छ । तिनीहरु कन्जुमरले गर्दा चल्ने हो । तर त्यो शक्ति हामीले बिर्सिरहेका हुन्छौँ । हामी आधुनिकतामा वहिकएका छौँ । हामी चाहे उनीहरुको विज्ञापनमा, लालचीमा, आकर्षित प्याकेजिङमा होस्, चाहे आधुनिकताको नाममा होस् हामी वहकिएका छौँ । हामी आधुनिकताको नाममा यसरी वहकिएका छौँ कि, हामीले उपभोक्ताको हिसावले के गर्नुपर्छ भन्ने कुरा नै बिर्सिसक्यौँ । आफ्नो शक्ति के हो हामीलाई नै थाहा छैन । त्यसलाई पनि हामीले बिर्सिएर दाउमा राखेका छौँ । हामीले प्रयोग गर्ने सामानहरु कस्तो प्रयोग गरिरहेका छौँ । हामी विज्ञापनमा लागेर गरिरहेका छौँ कि, अहिलेको सामाजिक सञ्जालका कारण वहकिएका छौँ ? त्यो खानेकुरा वा लगाउने कुरा नै किन नहोस् । हामीले उपभोक्तको हक, अधिकार र पावरलाई नबुझिकन जथाभावि खरिद गरिरहेका छौँ । हामीले खर्च गरेको रकम कस्तो सामग्रीमा खर्च गरिरहेका छौँ त्यसमा सावधानी अपनाउन आवश्यक छ । हामीले प्रयोग गरेको वस्तु गुणस्तर छ कि छैन भन्ने कुराको ध्यान दिनु आवश्यक छ । आजको स्थितिमा खतराको घण्टी नै बजिसकेको छ तर हामी अझै सचेत हुन सकेका छैनौँ । मान्छे बिरामी भयो भनेर आश्चर्य हनुको ठाउँमा कसरी स्वस्थथ भइरहेको छ भनेर आश्चर्यमा परेको छ । हामी खानेकुराको गुणस्तर पहिचान गर्न सकिरहेका छैनौँ । स्वास्थ्यमा सचेत हुन सकेका छैनौँ । स्थानीय उत्पादित खानेकुरालाई जोड दिनुपर्छ । मान्छेले खानेकुरा नि फ्याक्ट्रीबाट उत्पादन गर्ने हो र मान्छेले खानेचिज त जमिनबाट उत्पादन गर्नुपर्छ ।’

महानायक हमालले अहिले आफूले खाने खानाको श्रोत थाहा नहुँदा कतिपय समस्या सिर्जन भइरहेको बताउनु भयो । उहाँले बाहिरी आवरणलाई हेरेर नभइ सामग्रीको गुणस्तर र स्वास्थ्यका लागि लाभदायी कुराहरुको मात्रै प्रयोग गर्न आवश्यक रहेको बताउनु भयो । प्याकेजिङका फुडहरु स्वास्थ्यलाई मध्यनजर नगरी स्वाद र व्यापारलाई मध्यनजर गरेर राखिएको हुने भन्दै त्यसतफै सचेत रहन पनि आग्रह गर्नुभयो ।

उहाँलै स्थानीय उत्पादनलाई विशेष जोड दिएर गुणस्तरहीन खानेकुरा र लगाउने कपडाहरुको बहिष्कार गर्न आवश्यक रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?