ए डिभिजन लिग पुस दोस्रो साताबाट

Read Time = 2 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को पहिलो वैधानिक कार्यसमितिको बैठकले सहिद स्मारक ए डिभिजन लिग ८ पुसदेखि ४ चैतसम्म गर्ने निर्णय गरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालमा जारी कार्यसमिति बैठकले एनएसएल सकिएपछि शीर्ष डिभिजन लिग आयोजना गर्ने निर्णय गरेको हो ।

६ असारसम्म चुनावी साधारण सभाबाट चुनिएको एन्फाको नयाँ कार्यसमितिको दोस्रो र विधिगत रुपमा बसेको पहिलो बैठकले नेपाली फुटबलको सबैभन्दा ठूलो लिग पुसमा सुरु गर्ने निर्णय गरेको हो ।

यस्तै, नेपाल सुपर लिग ९एनएसएल०को दोस्रो संस्करण असोज चौथो साताबाट सुरु गर्ने निर्णय गरेको छ । यसअघि दुई पटक मिति सार्वजनिक भएर स्थगित भएको एनएसएल २३ असोजदेखि मंसिर २ मंसिरसम्म गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

गत वैशाखमा भएको एनएसएलको दोस्रो संस्करण सहिद स्मारक ए डिभिजन लिगका क्लबहरुको चर्को विरोधका कारण अन्तिम समयमा पुगेर स्थगित भएको थियो ।

१० टोली सहभागी हुने एनएसएलको खेलाडी अक्सन भए भइसकेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?