विवाह गरेको भोलिपल्ट नागरिकता दिने व्यवस्था राष्ट्रहित विपरितः कमल थापा

Read Time = 1 min

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले विवाह गरेको भोलिपल्ट नागरिकता दिने वैवाहिक अंगिकृत सम्बन्धि व्यवस्था राष्ट्रपहित विपरित रहेको बताउनु भएको छ ।

‘संसदले पारित गरेको नागरिकता विधेयक अधुरो र विवादस्पद छ,’ थापाले आज सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ, ‘विवाह गरेर ल्याएको भोलिपल्ट नागरिकता दिनसकिने वैवाहिक अंगिकृत सम्बन्धि व्यवस्था राष्ट्रहित विपरित र आपत्तिजनक छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता संशोधन सम्बन्धी विधेयक पुनर्विचारको लागि फिर्ता पठाउनु देशको लागि हित हुने समेत उहाँले बताउनु भयो।

https://twitter.com/KTnepal/status/1557683930463178752

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?