सान्चेज मार्सेमा अनुबन्धित

Read Time = 1 min

लन्डन । दक्षिण अमेरिकी राष्ट्र चिलीका कीर्तिमानी गोलकर्ता एलेक्सिस सान्चेज फ्रान्सेली लिग वान क्लब मार्सेमा अनुबन्धित हुनुभएको छ । इटालियन क्लब इन्टर मिलानले आपसी समझदारीमा सान्चेजको सम्झौता रद्द गरेपछि उहाँ मार्सेमा अनुबन्धित हुनुभएको हो ।

मेडिकल र कागजी प्रक्रियापछि सान्चेजले बुधबार मार्सेसँग दुई वर्षको सम्झौता गर्नुभएको हो । ३३ वर्षीय सान्चेजले एक सिजन लोनसहित इन्टरमा तीन सिजन बिताउँदा १०९ खेलमा २० गोल र तीन उपाधि जित्नुभएको हो ।

उहाँले गत सिजन इन्टरबाट सात खेलमा पहिलो रोजाइमा मौका पाई ३९ खेलमा अवसर पाउँदा नौ गोल गर्न सफल हुनुभयो । सान्चेज २०२०-२१ को सिजनमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट इन्टरमा स्थायी खेलाडीका रूपमा अनुबन्ध हुनुभएको थियो । त्यसयता इन्टरले सिरी ‘ए’ सँगै सुपरकोपा इटालिया र कोपा इटालिया जित्दा उहाँ टोलीका महत्वपूर्ण सदस्य हुनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?