सांसद प्रदिप गिरी फेरि अस्वस्थ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदिप गिरी पुनः अस्वस्थ हुनुभएको छ । गिरीलाई निमोनिया देखिएपछि अहिले नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको नेपाली कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालहरूमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात गिरी नेपाल आउनुभएको थियो । तर नेपाल आउने बितिक्कै निमोनिया देखिएपछि गिरी अस्पताल भर्ना हुनुभएको हो । गिरीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको पारिवारिक स्रोतले जनाएको छ ।

यसैगरी कांग्रेस नेता, प्रतिनिधि सभा सदस्य कर्मा घले पनि अस्वस्थ हुनुभएको छ । घलेको पनि ललितपुरकै नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर हरिसिद्धीमा थप उपचार भइरहेको छ । पोस्टेट क्यान्सर भई भारत, मुम्बईका विभिन्न अस्पतालहरूमा उपचार गराई नेपाल फर्किन साथ पुनः स्वास्थ्य समस्या दोहोरिएपछि उहाँको ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचार भएको थियो । मेडिसिटीमा केहि दिन उपचार गरेपछि हाल घले नेपाल क्यान्सर अस्पतालमा भर्ना हुनुभएको छ ।

विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस संसदीय दल माननीय प्रदिप गिरी एवं माननीय कर्मा घलेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँहरूको प्रभावकारी उपचारका लागि सम्बन्धित चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल व्यवस्थापन सँग हार्दिक अनुरोध गर्दछ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?