टोकियोमा नवलपुर सामाजको ‘तीज धमाका’ हुने

Read Time = 3 mins

पुर्ण चलाउने 

टोकियो । नेपाली हिन्दू नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा नवलपुर समाज-जापानले ‘तीज धमाका’ विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ ।

नेपालका चर्चित तथा जापानमा रहेर सांगीतिक कर्म गर्दै आएका गायक/गायिकाको साथमा यही अगष्ट २९ गते सोमबार सो कार्यक्रम गर्न लागिएको हो । तीजको दर खाने दिन दिउँसो ३ बजेबाट शुरू हुने  ‘तीज धमाका’ कार्यक्रम कावासाकी स्टेसनसँगै रहेको व्यापारिक केन्द्र लाजोनाको हलमा राखिएको कार्यक्रम संयोजक प्रेमप्रसाद कँडेलले जानकारी दिनुभयो ।

संयोजक कँडेलका अनुसार, कार्यक्रममा सहभागिताका लागि साधारण टिकट दुई हजार येनको र भिआईपी टिकट १ मान येनको क़ायम गरिएको छ । कार्यक्रममा नेपाली लोकसंगीतका पूराना अनि लोकप्रिय गायक/गायिका बद्री पंगेनी र सम्झना भण्डारीका साथमा जापानमा रहेका संगीतकर्मीहरू अमित सापकोटा, निशा क्षेत्री, खेमराज पौडेल, शान्ता जि.सी., शिवा के।सी।लगायतले आफ्नो धमाकेदार प्रस्तुति दिने नवलपुर समाज-जापानले जनाएको छ ।

‘हामीले नवलपुर जिल्लाबाट नेपाली गीतसंगीतको क्षेत्रमा उदाएका धेरै कलाकारहरूलाई ल्याउने प्रयास गरेकापनि हौं’, संयोजक कँडेलले भन्नुभयो,’ तर नेपालस्थित जापानी दूतावासबाट भिसा सुनिश्चित हुन नसक्दा त्यो चाहना भने पूरा गर्न सकेनौं ।

नवलपुर समाज-जापानका अध्यक्ष कृष्ण खरेलले कोरोना कहरका कारण केही वर्षदेखि गुम्सिएका रहरलाई पूरा गराउनका लागि तीज धमाकाको आयोजना गरिएको स्पष्ट पार्नुभयो । ‘परदेशमा रहेरपनि नेपाली कला-संस्कृति अनि रितिथितिको सम्झना र जगेर्ना गर्ने उद्देश्यले हामीले यो कार्यक्रमको आयोजना गरेका हौं’, अध्यक्ष खरेलले भन्नुभयो, ‘वर्षौदेखिको साथीसंगी अनि ईष्टमित्रसँग भेटघाट अनि जमघट हुने चाहनालाई यो कार्यक्रमले परिपूर्ति गर्ने विश्वास हामीले लिएका छौं ।’

सो कार्यक्रमलाई भव्य अनि सभ्य किसिमले सम्पन्न गर्नका लागि नवलपुरवासी तथा जापानमा कार्यक्रम स्थल वरपर रहनु भएका सबै नेपाली समुदायलाई सहभागिताका लागि नवलपुर समाज/जापानले अनुरोध गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?