युएईमाथि स्कटल्यान्डको जित

Read Time = 3 mins

दुबई । स्कटल्यान्डले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईलाई ६४ रनले पराजित गरेको छ । जितका लागि २ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएई ४१.५ ओभरमा १९८ रनमा समेटियो ।

युएईका अनुभवी खेलाडी रोहन मुस्तफा १०२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ६५ रनमा अविजित रहनुभयो । ओपनर चिराग सुरी १५, युवा विकेटकिपर वृत्य अरविन्द ४, सिपी रिजवान ३२, बासिल हमिद ३४ रनमा आउट हुनुभयो ।

स्कटल्यान्डका स्पिनर मार्क वाट्टले ८.५ ओभरमा ३० रन खर्चेर ४ विकेट लिनुभयो । क्रिस सोलेले तीन र माइकल लिस्कले दुई विकेट लिनुभयो । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली स्कटल्यान्ड ४८.५ ओभरमा २६२ रनमा अल आउट भयो । स्कटल्यान्डका कलुम म्याकलेओडले ८८ बलमा ७ चौकासहित सर्वाधिक ७६ रन बनाउनुभयो ।

माइकल लिक्सले २५ बलमा ४ चौकासहित ३९ रन बनाउनुभयो । ओपनर काइल कोट्जर २३, क्रेग वालेस ३५, कप्तान म्याथ्यु क्रस २५ र क्रिस गे्रभ्स २६ रनमा आउट हुनुभयो । युएईका तीव्रगतिका बलर जहुर खानले ९.५ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिनुभयो । डेब्यु खेल खेल्नुभएका सबिर अलीले दुई विकेट लिनुभयो ।

विश्वकप लिग-२ मा अमेरिका, स्कटल्यान्ड र युएईले अहिले त्रिकोणात्मक सिरिज खेलिरहेका छन् । स्कटल्यान्ड २५ खेलमा १७ मा जित र ६ मा हारका साथ ३६ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्डले शीर्ष तीनको सम्भावना बलियो बनाएको छ । युएई २३ खेलमा १२ मा जितका साथ २६ अंक जोड्दै तेस्रो स्थानमा छ ।

ओमानले पूरै ३६ खेल खेल्दा २१ जितका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । नेपाल भने २० खेलमा आठमा जित र ११ मा हारका साथ छैटौँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?