मेची राजमार्गको र्दुदशा, खाल्डाखुल्डी यात्रुलाई सास्ती

हिमालय टाइम्स
Read Time = 3 mins

-प्रकाश नेपाल

इलाम । पूर्वीपहाडको मेरुदण्डका रूपमा रहेको मेची राजमार्ग पछिल्लो समय भासिनेक्रममा रहेको छ । जताततै खाल्डाखुल्डी र सडक भासिएका कारण कच्ची सडकझैं बनेको छ । राष्ट्रिय राजनीतिमा नै पहुँच स्थापित गरेका नेताद्वय पूर्र्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्र्वसभामुख सुवासचन्द्र नेम्वाङको गृहजिल्लाको प्रमुख राजमार्गको अवस्था हेर्दा उनीहरूलाई गिज्याइरहेको भान गराउँछ ।

इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमसम्मका बासिन्दाको जनजीवनसँग प्रत्यक्षरूपमा गाँसिएको मेची राजमार्गको इलाम खण्ड जीर्ण बनेको छ । राजमार्गका विभिन्न स्थानमा सडक धसिएको छ भने कालोपत्रे उप्किएर खाल्डाखुल्डी पर्दा सवारी गुडाउनै समस्या पर्ने गरेको छ । त्यसमाथि नेपाल टेलिकमले अप्टिकल फाइभर बिछ्याउनेक्रममा ठाउँ–ठाउँमा कालोपत्रे भत्काएर पुनः नबनाउँदा सवारी चलाउनै कष्टकर भएको यातायात व्यवसायी सुमन काफ्लेको गुनासो छ ।

अझ इलाम नगरपालिकाको माइखोला खण्डमा करिब ६ करोड रुपैयाँको लागतमा एंकरिङ प्रविधिमार्फत् सडक निर्माण गरिए पनि प्रभावकारी बन्न सकेको छैन । यो सडकखण्ड भासिनेक्रम जारी छ भने भित्तातर्फको पर्खाल लच्किएर दुर्घटना हुने अवस्थामा पुगेको छ । तर, सडक डिभिजन कार्यालयले भने मेची राजमार्गको मर्मतका लागि ठेक्का लागे पनि निर्माण व्यवसायीले समयमा काम नगर्दा समस्या भएको बताउँदै आएको छ ।

हरेक वर्ष राज्यको करोडौँ रुपैयाँ खर्चेर सडक मर्मतको काम हुने गरेको भए पनि राजमार्गको अवस्था सुधारभन्दा पनि दयनीय बन्दै गएको छ । सडकमा सानोतिनो समस्या आउँदा पनि स्थानीय र प्रदेश सरकारले नहेर्ने र केन्द्र सरकारकै मुख ताक्ने प्रवृत्तिले पनि राजमार्गको अवस्थामा सुधार हुन नसकेको देखिन्छ । त्यसैले यसतर्फ सम्बन्धित निकायको बेलैमा ध्यान जानु जरुरी देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?