काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन घोषणा गरेका छन् । गत २१ साउनदेखि पेट्रोलियम ढुवानी रोक्ने भन्दै आन्दोलन घोषणा गरे पनि पछि फिर्ता लिएको पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धिको मात्र गर्दै फेरि आन्दोलन घोषणा गरेको हो । नेपाल आयल निगमले सहमति पालना नगरेकाले आन्दोलनमा उत्रिनुपरेको महासंघको भनाइ छ ।
भदौसम्म ढुवानी भाडा वृद्धि नगरिए अग्रिम ढुवानी अनुमति नलिने र अन्य आन्दोलनका कार्यक्रम अघि बढाइने महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । गत १५ साउनमा निगमले लिखित पत्र पठाएर भाडा वृद्धि गर्ने जानकारी गराए पनि कार्यान्वयन नगरेको महासंघको दाबी छ ।
त्यसो त निगमको अध्ययन समितिले रुटअनुसार तीनदेखि १६ प्रतिशतसम्म भाडा बढाउन सुझाव दिएको थियो । तर, निगमले अधिक भएको भन्दै थप अध्ययन गर्न पुल्चोक इन्जिनियरिङ कलेजलाई अध्ययन प्रतिवेदन दिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका