गोरखा इको प्यानलका नाममा आदेश

Read Time = 2 mins

काठमाडौं । उद्योग विभागले इको प्यानल ट्रेडमार्क प्रयोग नगर्न, नगराउन नेपाल इको प्यानलको नाममा आदेश जारी गरेको छ । उजुरकर्ता इन्टरनेसनल ग्रिन डेभलपर्स नेपाल प्रालिले आफ्नो दर्ता तथा ट्रेडमार्क प्रयोग गरी प्रचारप्रसार गरेको भन्दै उजुरी दिएका आधारमा विभागले नेपाल इको प्यानलका नाममा उक्त आदेश जारी गरेको गोरखा इको प्यानलले जनाएको छ । विभागले उजुरीउपर छलफल गरी हाललाई अन्य कसैलाई पनि इको प्यानल ट्रेडमार्क प्रयोग नगर्न विपक्षीको नाममा आदेश जारी गरेको हो ।

कम्पनीका अनुसार उजुरकर्ताले इको प्यानल/गोरखा इको प्यानल ट्रेडमार्कहरू २०७० सालदेखि नै प्रिफ्याब उत्पादनमा प्रयोग गर्दै आएको तथा सो ट्रेडमार्क विभागमा दर्ता गरी कानुनी हकसमेत प्राप्त गरेकोमा उक्त ट्रेडमार्क प्रतिष्ठानबाट अनुचित लाभ लिने उद्देश्यले इको प्यानल नेपाल प्रालिले उपर्युक्त ट्रेडमार्कसँग हुबहु मिल्ने गरी नेपाल इको प्यानल नाम राखेको भन्दै विभागमा उजुरी दर्ता गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?