नाडा इभी एक्स्पो २०२२ हुने

Read Time = 1 min

काठमाडौं । विद्युतीय सवारीसाधनको प्रदर्शनी (नाडा इभी एक्स्पो) हुने भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुवव थापाको अध्यक्षतामा बिहीबार बसेको नाडाको केन्द्रीय कार्यसमितिको आठौँ बैठकले पहिलोपटक नाडा इभी एक्स्पो २०२२ गर्ने निर्णय गरेको हो ।

एक्स्पो असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुने नाडाले जनाएको छ । सरकारले कार, जिप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भदौ १४ गतेसम्म विस्तार गरेपछि नाडाले इभी एक्स्पो २०२२ गर्ने निर्णय गरेको हो ।

भदौ १ गतेदेखि ५ गतेसम्म स्टल बुकिङका लागि सूचनासमेत प्रकाशित गरिने नाडा अटो एक्स्पो समितिका सभापति अनुप बरालले जानकारी दिनुभएको छ । नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले एक्स्पोमा सहभागिताका लागि आग्रह गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?