कुवेत जान लागेका पाँच महिलालाई विमानस्थलबाट फर्काइयो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भिजिट भिसामा कुवेत जान लागेका पाँच महिलालाई अध्यागमन विभागले फर्काएको छ ।

बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई अनुसन्धानका लागि विभागले प्रहरीको जिम्मा लगाएको हो ।

पक्राउ पर्नेहरूमा पर्वतकी अन्जु बोहोरा, धादिङकी माया तामाङ, झापाकी सोमी धिमाल, दाङकी पार्वती सार्की र बर्दियाकी करुवासिंह ठकुरीलाई अनुसन्धान गरिरहेको गौशाला वृत्तले जनाएको छ ।

उनीहरूको शैक्षिक योग्यताको प्रमाणपत्र तथा नाता प्रमाणीकरणलगायतका कागजातहरू प्रारम्भिक छानबिनमा शंकास्पद देखिएपछि अध्यागमन कार्यालयले फिर्ता गरी प्रहरीको जिम्मा लगाएको बताइएको छ ।

विमानस्थल प्रहरीले ती कागजपत्र छानबिन गर्न पाँचै जनालाई गौशाला वृत्तमा पठाएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?