एकैदिन झण्डै तीन हजार सवारी चालक कारवाहीमा, मापसेका १६०

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ट्राफिक प्रहरीले एकैदिन ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार ७९६ सवारी चालकलाई कारबाही गरेको छ। जसमा मादक पदार्थ प्रयोग गरेर सवारी चलाउने १६० जना रहेका छन्।

बिहीबार काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा उनीहरूलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लेन अनुशासन पालना नगर्ने ९१, सडक बत्ती पालना नगर्ने ९२ जनालाई पनि कारबाही गरिएको छ।

यसैगरी, नम्बर प्लेट मेटिएका, छोपिएकालगायतका ३७ र अन्य २, ४१६ गरि २,७९६ वटा सवारीलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?