बम आक्रमणमा तालिवानी नेताको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काबुल । अफगानिस्तानको राजधानी काबुलमा भएको बम आक्रमणमा एकजना धार्मिक नेताको मृत्यु भएको छ ।

तालिवानलाई समर्थन गर्दै आएका र महिलालाई पनि शिक्षा दिनुपर्छ भन्ने विचारका पक्षपाती रहेका धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको आत्मघाती बम आक्रमणमा मृत्यु भएको हो ।

तालिवान सुत्रहरूले एकजना पुरुषले कृत्रिम प्लास्टिकको खुट्टा भित्र लुकाइएको बम विस्फोट गराउँदा उनको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई बताएका छन् ।

यस हत्याका जिम्मेवार यकिन भइसकेको छैन । तर, हक्कानीमाथि यसअघि पनि इस्लामिक स्टेट (आईएस) समूहले आक्रमण गरिसकेको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?