टान निर्वाचनमा निलहरि बाँस्तोला समूहद्वारा नेतृत्वमा उम्मेदवारी

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाण्डौं । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को अध्यक्षका उम्मेद्वार निलहरि बाँस्तोलाले अध्यक्ष निर्वाचित भएमा ट्रेकिङ व्यवसायीहरुको हक हीतमा काम गर्ने टान बनाउने योजना रहेको बताउनुभएको छ ।

बिहीवार टानको साउन ३० गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन पश्चात उम्मेद्वार परिचयात्मक कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ट्रेकिङ व्यवसायीहरुले खोजेको जस्तो नभएको भन्दै अहिले व्यवसायीहरुले चाहेको जस्तो टान बनाउने प्रतिवद्धता जनाउनु भयो । अध्यक्षका उम्मेद्वार बाँस्तोलाले अध्यक्षको नेतृत्व गर्न पाए ट्रेकिङ व्यवसायीहरुको हक हीतको लागि लड्ने व्यवसायीहरुको संरक्षण र व्यवसायको हीतमा काम गर्ने बताउनु भयो ।

उहाँले दुई वर्षको कार्यकालमा टानको कार्यसमितिमा बसेर काम गरेको अनुभव र पर्वतीय पर्यटनमा २७ वर्ष काम गरेको अनुभवलाई ट्रेकिङ व्यवसायीहरुको हीतमा लगाउन चाहेको बताउनु भयो । अध्यक्षका उम्मेद्वार बाँस्तोलाले पूर्व अध्यक्षहरुले छाडेको अनुभव र योजनालाई साकार पार्ने पनि प्रविद्धता जनाउनु भयो । उहाँले टानको अध्यक्षको निर्वाचित भएमा दुई वर्षको कार्यकालमा क्यालेण्डर वेसमा काम गर्ने बताउनु भयो । उहाँले अत्याधुनिक प्रविधिको युगको अर्थात २०२२को समयमा पनि ट्रेकिङ व्यवसायीहरुले चाहेको जस्तो टान हुन नसकेकाले अब व्यवसायीहरुले चाहेको टान बनाउने योजना रहेको बताउनु भयो । बाँस्तोलाले अहिलेसम्म व्यवसायीहरुले टान खोज्नुपर्ने अवस्थाको अन्त्य गर्दै टानले व्यवसायी खोज्ने वातावरण बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन् । अध्यक्ष पदमा कमल सापकोटाको प्यानलसहित उम्मेवारी मनोनयन हुनेछ भने बोधराज भण्डारीले अध्यक्ष स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता भएको छ । बाँस्तोला प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्ष प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु), सचिव होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना, सहकोषाध्यक्षमा छिङदोर्शी शेर्पा रहेका छन् ।

त्यस्तै सदस्यहरूमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविननाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा, हेमबहादुर कार्की तथा महिला सदस्यमा सजना त्रिपाठीले उम्मेदवारी मनोनयन गराएका छन् । टानको ४४औँ साधारणसभा एवं नयाँ कार्यसमिति चयनका लागि हुने मतदानका लागि एक हजार दुई सय ५० मतदाता रहेका छन् । अध्यक्षका प्रत्यासी बाँस्तोलालाई नेपाली काँग्रेस निकट लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घ, नेकपा (एमाले) निकट पर्यटन व्यवसायी सङ्गठन र नेकपा (एकीकृत समाजवादी) निकट पर्यटन व्यवसायी सङ्गठनले चुनावी सहकार्य रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?