-विजय रावत
जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले इन्डोस्कोपी सेवा पुनः सञ्चालनमा ल्याएको छ । सो सेवा हप्ताको दुई दिन सञ्चालन हुने प्रतिष्ठानका उपकुलपति मंगल रावलले बताउनुभयो । प्रतिष्ठानले आइतबार र बुधबारमात्र इन्डोस्कोपी सेवा बिरामीलाई दिने भएको छ ।
प्राध्यापक डाक्टर धर्म सुवेदीलगायतको टिमले इन्डोस्कोपी सेवा सञ्चालन गरेको हो । जुम्लालगायतका कर्णालीका अन्य जिल्लाका बिरामीहरूलाई सहजरूपमा उपचार गर्नका लागि आफूहरूले इन्डोस्कोपी सेवा सञ्चालनमा ल्याएको प्रतिष्ठानका उपकुलपति मंगल रावलले बताउनुभयो ।
आर्थिक अवस्था कमजोर भएका बिरामीहरूले सहजरूपमा जुम्लामै उपचार गर्न पाउने भएका छन् । भौतिक व्यवस्थापन र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको प्रतिष्ठानले इन्डोस्कोपी सेवा सञ्चालनमा ल्याएपछि बिरामीहरूलाई सहज हुने भएको छ । विशेष गरी नेपालीहरूमा ग्यासट्राइटिसको कारणले गर्दा पेट र आन्द्राहरूमा हुने घाउलाई इन्डोस्कोपीको माध्यमबाट सजिलै पहिचान गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।
सो सेवा लिनका लागि नेपालगञ्ज र काठमाडौंलगायत भारतको लखनउमा गएर इन्डोस्कोपी गराउनुपर्ने बिरामीको समस्यालाई अहिले जुम्लामै उपचार भएपछि बिरामीहरूलाई थप टेवा पुगेको प्रतिष्ठानका निर्देशक राजीव शाहले जानकारी दिनुभयो ।
आर्थिकरूपमा पछाडि परेका गरिब, असहाय तथा सीमान्तकृत समुदायका बिरामीहरूलाई अस्पतालले निःशुल्क स्वास्थ्य उपचार गर्दै आइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका