फिफा विश्वकप एकदिन अगाडि सर्‍यो

Read Time = 1 min

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको उद्घाटन खेल एकदिन अगाडि सरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकपको उद्घाटन खेल एकदिन अगाडि सारिएको जनाएको हो । उद्घाटन खेल एकदिन अगाडि सार्न काउन्सिल ब्युरोले सर्वसम्मतले निर्णय गरेको फिफाले जनाएको छ । अब २० नोभेम्बरमा विश्वकपको उद्घाटन हुनेछ । यसअघि २१ नोभेम्बरमा उद्घाटन मिति तोकिएको थियो ।

उद्घाटन दिन आयोजक कतारले इक्वेडरको सामना गर्नेछ । यसअघि उक्त खेल २१ नोभेम्बरका लागि तय थियो । तर आयोजकको खेल पहिलो दिन राख्ने उद्देश्यका साथ विश्वकप एकदिन अघि सारिएको हो । स्थानीय समयानुसार खेल ४ बजे अल बायत स्टेडियममा हुनेछ । विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ । यस्तै इंग्ल्याण्ड र इरान, सेनेगल र नेदरल्याण्ड्स तथा अमेरिका र वेल्सबीचको खेल भने नोभेम्बर २१ मै हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?