यूएईमाथि अमेरिकाको रोमाञ्चक जित

Read Time = 4 mins

दुबई । अमेरिकाले आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजमा युएईमाथि एक विकेटको रोमाञ्चक जित हात पारेको छ । जितका लागि २५४ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ४९.१ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो । अमेरिकालाई जितका लागि अन्तिम ओभरमा दुई रन चाहिँएका बेला बासिल हमिदलाई गजानन्द सिंहले पहिलो बलमै चौका प्रहार गर्दै खेल जिताउनुभयो ।

अमेरिकाका कप्तान मोनांक पटेलले ९८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ८५ रन बनाउनुभयो । आरोन जोन्सले ६७ बलमा ४ चौकासहित ५१ रन बनाउनुभयो । ओपनर स्टिभन टेलर २९, सुशान्त मोदानी १२, इयान होल्याण्ड ३० र गजानन्द सिंह २६ रन बनाउनुभयो । युएईका तीव्र गतिका बलर जुनैद सिद्दिक र स्पिनर रोहन मुस्तफाले दुई/दुई विकेट लिनुभयो ।

त्यसअघि एबरडीनमा टस जितेर पहिला ब्याटिङ थालेको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रन बनाएको थियो । युएईका यू १९ कप्तान समेत रहेका अर्यान लाक्राले डेब्यु खेलमै ११२ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ८४ रन बनाउनुभयो । विकेटकिपर वृत्य अरविन्दले ५ बलमा ३ चौका र १ छक्कासहित ५३ रन बनाउनुभयो । सिपी रिजवान २ बलमा ३ चौका र १ छक्कासहित ३९, हमिद २५ र जवार फरिद १६ रनमा आउट भए । अमेरिकाका सौरभ नेत्रवालकरले सर्वाधिक तीन विकेट लिनुभयो ।

युएई २४ खेलमा १२ खेलमा जित र १० मा हारका साथ तेस्रो स्थानमा छ । अमेरिका २५ खेलमा समान १२ मा जित र १२ मा हारका साथ २५ अंक जोड्दै चौथो स्थानमा छ । नेपाल भने २० खेलमा आठमा जित र ११ मा हारका साथ छैटौं स्थानमा छ । ओमान ३६ खेलमा ४४ अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्याण्ड २५ खेलमा १७ जितका साथ ३६ अंक जोड्दै दोस्रो स्थानमा छ ।

विलको कीर्तिमान
यता इंग्ल्याण्डका युवा ओपनर विल स्मीडले बर्मिंघम फोनिक्सबाट शतक प्रहार गर्दै जारी द हन्ड्रेड क्रिकेटमा इतिहास रच्नुभएको छ । इंग्ल्याण्डमा जारी प्रतियोगितामा फोनिक्सबाट साउर्थन ब्रेभविरुद्ध शतक हान्दै शतक हान्दै उहाँ शतक प्रहार गर्ने पहिलो खेलाडी बन्नुभएको हो ।

टस हारेर पहिला ब्याटिङ थालेको फोनिक्सले निर्धारित एक सय बलमा ४ विकेट गुमाउँदै १७६ रन बनायो । विल स्मीडले ५० बलमा ८ चौका र ६ चौकासहित १०१ रनको शतकीय इनिङ खेल्नुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?