सडकको खाल्डाखुल्डी नपुरिँदा दुर्घटना बढ्यो

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

विराटनगर । पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्डको खाल्डाखुल्डी मर्मत नहुँदा दैनिक दुर्घटना बढ्दै गएको छ । मोरङको उर्लाबारी नगरपालिकामा रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्ड ६/सात महिनादेखि पिच गरिएको ठाउँमा भएका खाल्डाखुल्डी नपुर्दा सवारी र यात्रुहरूले सास्ती व्यहोर्दै आउनुपरेको हो । सात महिना अघिदेखि यस्तो समस्या हुँदासम्म सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयको गुनासो छ ।

बाटोका खाल्डाखुल्डीका कारण यात्रुहरू दैनिक दुर्घटनामा पर्ने गरेका छन् । उक्त खाल्डाखुल्डी दुर्घटनाबाट यातायातहरूमा ठूलो क्षति भएको स्थानीयहरू बताउँछन् । यही बाटो दैनिक हिँड्ने चालकहरू यस क्षेत्रमा डरमा सवारी गुडाउनु परेको बताउँछन् ।

उनीहरूले विगत पाँच महिनायता सडकको स्थिति दयनीय रहेको बताए । उनीहरूले बाटो मर्मत हुन नसक्दा कुनै पनि बेला दुर्घटना हुने बताए । स्थानीय सरकारले लापरबाही गरेर मर्मतसंहार नगर्दा सडक दुर्घटनाबाट हरेक दिनजसो दुर्घटना हुने गरेको उनीहरूको भनाइ छ । उनीहरूले सडक निर्माण गरेको ६ महिना नबित्दै खाल्डाखुल्डी हुने समस्या रहेको बताएका छन् ।

उक्त बाटो हुँदै दैनिक प्रदेश सरकारका सांसद, मन्त्री र मुख्यमन्त्री हिँड्ने गरे पनि आवश्यक चासो नदिएको स्थानीयहरू बताउँछन् । बाटो भत्किएकै क्षेत्र उर्लाबारी–३ मंगलबारेमा सडक विभागको कार्यालय छ । तर, सडकको अवस्था न सांसदले देख्छन् न त सडक विभागले नै हेर्छ । कार्यालय परिसरमा सडक आसपास राखिने ठूल्ठूला बोर्ड र कार्यालयको अवस्था भने झारैझारले भरिएको र माकुराको जालैजालोले भरिएको छ । कार्यालय नामको मात्रै रहेको स्थानीयको गुनासो छ ।

देशकै मुख्य बाटोको हालत यस्तो हँुदासम्म कुनै पक्षबाट चासो दिएको देखिँदैन । दैनिक हजारौँको संख्यामा गाडी गुड्ने बाटोको यो अवस्थाले स्थानीयहरू हरेक दिनजसो सडक दुर्घटना हुने गरेको बताउँछन् । यही बाटो भएर धेरै यातायात जिल्लाको सदरमुकाम विराटनगर र देशको संघीय राजधानी काठमाडौं जाने गरेका छन् । यही बाटोमा ठाउँठाउँमा पटके कर र ट्राफिक चेकिङ हुन्छ । तर, बाटोले भने मर्मतसम्म पाएको छैन । महिनौँदेखि साना सवारी फस्ने खाल्डाखुल्डी हुँदासम्म तीनै तहका सरकार मौन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर राशिफल २३ जेठ, मेष : समूहगत कार्यमा सफलता मिल्ने, कन्या : दैनिक… कहिले भित्रिएला नेपालमा मनसुन ? १६ औं राष्ट्रपति रनिङ शिल्डमा वागमती च्याम्पियन आठ विश्वविद्यालयका उपकुलपति छनोटकाे सर्ट लिस्ट सार्वजनिक भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि… मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः सभापति लामिछाने