परदेशी-२ अब फागुन ५ मा

Read Time = 2 mins

काठमाडौं । यो वर्षको प्रतिक्षित चलचित्र ‘परदेशी-२’ ले आफ्नो प्रदर्शन मिति सारेको छ । यसअघि दशैँको छेको पारेर असोज १४ मा आउने भनिएको चलचित्र अब भने फागुन ५ गते प्रदर्शन हुने बताइएको छ ।

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी-२’ को प्रदर्शन मिति हेरफेरका लागि वितरक, हल सञ्चालक एवं चलचित्रकर्मीहरूसँग सरसल्लाह भएको र फागुन उपयुक्त समय भएको निर्देशक रायमाझीले बताउनुभयो । चलचित्रका केही प्राविधिक कामहरू बाँकी नै रहेको र त्यसका लागि निर्धारित मितिसम्म तयारी नपुग्ने महसुस भएकाले उक्त मितिबाट केही पछाडि सारिएको निर्देशक रायमाझीले बताउनुभएको छ ।

निर्णय अनपेक्षित भए पनि समग्र चलचित्र क्षेत्रको हितलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको निर्माण टिमको भनाइ छ । निर्देशक रायमाझीले भन्नुभएको छ, ‘यसलाई सबैले सकारात्मकरूपमै लिनुहुनेछ भन्ने अपेक्षा राखेका छौँ।’ चलचित्र परदेशी-२ मा प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, दीलिप रायमाझी, वर्षा शिवाकोटीलगायतको मुख्य भूमिका छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?